१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकलगायत गाैरादह र गाैरीगंजका मुुुुुख्य बजारमै तासजुवा आतंक, प्रहरीकै संरक्षण रहेकाे आराेप


१६ कार्तिक २०७६, शनिबार  

0
Shares

20191103_051238

गाैरीगंज १७, कार्तिक / झापाको दमकलगायत गाैरादह, गाैरीगंज र त्यसका आसपासको क्षेत्रमा खुलमखुल्ला तासजुवा खेलाइदै गरेको बिषयमा स्थानीयहरुले आक्रोश पोखेकाछन् ।

त्यस क्षेत्रकाे मुख्य बजार, चाेक चाेकमै दैनिकरूपमा तास जुवा खेल्ने जुवाडेहरूकाे भीड लाग्दा सामाजिक सञ्जालहरुमा यसको तिब्र बिरोध शुरु भएको छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजार, भारूचाैकलगायतका स्थानमा तासजुवा खेलाउदै आएकाे स्थानीयल् बताएका छन् भने
गौरादह नगरपालिका वडा नं. १,२,३ र ९ मा नियमित जसो लाखौंको जुवा तास हुने गरेको छ ।

प्रहरी प्रशासनको संलग्नता रहेको आरोप समेत लगाईएको छ । प्रहरी प्रशासन त्यसमा चुपलागेर बस्नुले कतै उनीहरूकै संलग्नता हाेकी भन्ने स्थानीयले आशंका गरेका छन् । गौरीगन्ज र गौरादहमा समेत तासका अड्डाह्ररु खुलेआम चलेको भनेर सामाजिक सञ्जालमा आउन थालेको छ ।
20191103_051255

20191103_051313

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : २८ बजे