१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज अस्पतालको परिसरमा आज विहान एक मानिस मृत अवस्थामा भेटिए



गौरीगंज १३, जेठ / दमक – १ नमुना टोल निवासी राम बहादुर विश्वकर्मा गौरीगंज अस्पतालको परिसरमा आज विहान मृत अवस्थामा भेटिएका छन् । गएराति करिब ९ बजे मादक पदार्थ सेवन गरेर अस्पतालको गेटमा होहल्ला मचाएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । उनीको हातको कुहिनोमा चोटपटक लागेको अवस्थामा प्रहरीले अस्पतात पुर्याएको र मलम पट्टी लगाएपछि पनि मदिंराले मातेका उनी हातमा लगाएको पट्टी फुकालेकोले रगत लतपतिएको अस्पतालमा खटिएका प्रहरीले जनाएको छ । मृतक विश्वकर्मा केही दिन अघि गुवालडुब्बा र गौरीगंज क्षेत्रमा मादक पदार्थ सेवन गरी राती हिडडुल गर्ने गरेको स्थानियहरुले बताएका छन् । उनको शव पोष्टमार्टमको लागि लगिएको बुझिएको छ । हाल गौरीगंज अस्पतालमा बहिरंग सेवा मात्र सञ्चालनमा रहेको जनाएको छ । केही हप्ता अघि उत्त अस्पतालमा उपचारको क्रममा ११ बर्षिय एक बालकको मृत्यु भएको थियो ।

झापाको दक्षिण पश्चिम क्षेत्र गौरीगंज अस्पताल केही महिनादेखि चिकित्सकसहित २४ घण्टे सेवा सञ्चालनमा ल्याएको थियो । विमा योजना सहितको अस्पतालमा पछिल्लो समयमा मेची आँखा अस्पतालको सहकार्यमा आँखा जाँच सेवा सञ्चालनमा ल्याएको छ भने अत्याधुनिक अपाङ्गमैत्री अस्पतालको नयाँ भवन समेत निर्माण भईरहेको छ । हाल १५ शैय्याका अस्पतालमा सेवाग्राहीलाई कुनै समस्या हुन नदिन गाउँपालिकाले विशेषज्ञ डाक्टरसहितको आवश्यक जनशक्ति र व्यवस्थापनमा जुटेको गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले जानकारी गराइन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले गौरीगंज अस्पताललाई ५ करोड रुपैयाँ वजेट विनियोजन भएको अध्यक्ष राजवंशीले बताइन् । एम्बुलेन्स सेवा, साझेदारी र निःशुल्क स्वास्थ्य विमा योजना गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ४३ बजे