१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लोकतन्त्र र न्यायपूर्ण समाजका लागि पत्रकारहरुको योगदान उच्च



दमक/ लोकतन्त्रको स्थापना र न्यायपूर्ण समाज निर्माणमा लोकतान्त्रिक पत्रकारहरुको योगदान महत्वपूर्ण भएको भन्दै झापाको दमकमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले खबरदारी निरन्तर आवश्यक रहेकोमा जोड दिएका छन् ।
लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको सन्मुख पारेर प्रेस युनियन माइपश्चीम झापाले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागीहरुले त्यस्तो जोड दिएका हुन् । वक्ताहरुले सञ्चार क्षेत्रले विना आग्रह पूर्वाग्रह आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न नसक्दा कतिपय घट्नाहरुमा आलोचित हुनुपरेको तथ्य स्विकार्न सक्नुपर्ने पनि उल्लेख गरे ।
नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्य र प्रेस युनियन माइपश्चीम झापाका अध्यक्ष बिष्णु पौडेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा कांग्रेस महासमिति सदस्यद्धय सुरेश सुब्बा र अइन्द्रविक्रम केरुङ, महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका तरुण नेता गोकूल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका कांग्रेस झापा ५ खका सभापति रवि केसी, क्षेत्रीय सचिव धर्मानन्द भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य बिष्णु पोखरेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनिलदेव राई, प्याव्सन दमक नगर सचिव नविन योगी, रोटरी क्लब अफ दमकका अध्यक्ष विक्रमकुमार शाह लगायतले शुभकामनासहित आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, पत्रकार महासंघ कोशी प्रदेश सदस्य बिष्णु सुब्बा, युनियनका जिल्ला सल्लाहकार राजेन्द्र गौतम, जिल्ला अध्यक्ष गिरिराज भट्टराई, चलचित्र व्यवसायी चैतन्य बराल, नेविसंघ झापाका नेता नवराज ढकाल लगायतको आतिथ्य रहेको थियो ।  
प्रेस युनियन माइपश्चीम झापाका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष विष्टले गरेका थिए । सो अवसरमा प्रेस युनियनको लोगो अंकित टिसर्ट समेत पत्रकारहरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ४६ बजे