१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पति र एक हात गुमाएकी सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले किनिदिए घर बनाउने जग्गा


१५ मंसिर २०७५, शनिबार  

0
Shares

debi_meche_0FqpPNaJ2i
झापा १५, मङ्सिर/ सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ । मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हात समेत गुमाउनु भएको थियो । बच्चा अाजकै दिन एक महिनाकाे भएकाे छ ।

एक हातले मात्र जीवन चलाउँदै आउनु भएकी अति विपन्न परिवारकी देवीको पहिलो सन्तान ४ वर्षको छ भने वृद्ध अवस्थाकी सासूआमा पनि आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ । ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा समेत खान नपाई एक हातले नाबालकको हेरचाह गरिरहको देख्दा सारै पीडा भयो, त्यसैले उनको जीवन सहज बनाउन केही गर्न मन लागेर घर बनाउनका लागि प्रयास शुरु गरेको छु’, कांग्रेस प्रवक्ता शर्माले शुक्रबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । मेचेको घर बनाउन मेचीनगर–९, कमल चोक पूर्वमा एक लाख मूल्यमा ७ धुर जग्गा खरिद गरिएको शर्माले बताउनुभयो । असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर मात्र बनाएर पुग्दैन । घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत व्यवस्था गर्न देवी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरु सक्रिय भएका छन ।

समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक विजय डालमियाले देवी मेचेको घरका लागि जग्गा प्राप्त भइसकेकाले अब तत्काल घर बनाउन समिति सक्रिय हुने बताउनुभयो । घर बनाउन र आवश्यक सामाग्री समेतको व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न संयोजक डालमियाले आग्रह गर्नुभयो । उज्यालाे

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  ३ : ४० बजे