१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा मिडिया सम्मेलन, १० बुँदे घोषणा पत्र –२०८१ जारी



सुरुङ्गा (झापा) ५ जेठ: नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सम्पन्न भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सम्मेलनको उद्घाटन गरेका थिए । कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासङ्का १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक थिए । सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल भएको नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित मिडिया सम्मेलनमा जारी
१० बुँदे घोषणा पत्र–२०८१

१. सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
२. यो सम्मेलन श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वनको माग गर्दछ ।
३. संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
४. प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
५. सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
६. लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन यो सम्मेलन माग गर्दछ ।
७. आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
८. पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
९. सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि यो सम्मेलन जोडदार माग गर्दछ ।
१०. कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न गर्न यो सम्मेलन माग गर्दछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : १२ बजे