३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा ६ दिने महिला शिक्षकहरुलाई स्काउट तालिम



गौरीगंज १८, चैत / गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श मावि टटुवामारीमा महिला शिक्षकहरुका लागि स्काउट सम्बन्धि पि.टि.सि. तालिम आजदेखि शुरु भएको छ । तालिमको कोर्ष लिडर शिवानी देवान तथा उनको टिमले तालिम दिनेछन् ।

गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष तथा गौरीगंज स्काउटका संगोजक पुजन न्यौपाने कुवँरको अध्यक्षता र गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपालको झण्डा र स्काउटको झण्डा झण्डोत्तलन गरिएको थियो ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुवँरले नेपालको झण्डा र स्काउटको झण्डा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारीले स्काउटको झण्डोत्तलन गरेका थिए ।
प्रमुख अतिथि समेत रहेका गाउँपालिकाकी अध्यक्ष राजवंशीले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि स्काउट तालिमको सकारात्मक भूमिका रहने उल्लेख गरेका थिए । स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने अध्यक्ष राजवंशीले बताइन् ।
समारोहमा गाउँपालिकाकी अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक राजवंशीले ले अब हरेक विद्यालयमा स्काउट लाई विस्तारका लागि आवश्यक वजेट पािलकाले गत वर्षदेखि नै विनियोजन गरेकोले नेपाल स्काउटलाई प्राथमिकतामा राखेरअघि बढ्ने समेत प्रतिवद्द्ता गरिन् ।

पालिका उपाध्यक्ष तथा स्थानीय स्काउट प्रमुख पुजन न्यौपाने कुवँरले स्काउटको मर्म अनुसारको काम हुने बताउँदै हरेक विद्यालयमा स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन पालिका सकारात्मक रहेको बताइन् ।
तालिममा स्काउटको इतिहास, यसले गर्ने काम ,बिपदमा गरिने काम , अनुशासित बनाउने, क्याम्प फायरको महत्त्व ,गाठो डोरि ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचारलगायतका जीवन उपयोगी सीप सिकाइने भएकोले तालिमको भरपुर फाइदा दिन सहभागि महिला शिक्षकहरुलाई उपाध्यक्ष कुवँरले आग्रह गरिन ।
६ दिन सम्म सञ्चालन हुने तालिममा स्काउटरको वृत्ति विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको तालिमका कोर्ष लिडर शिवानी देवानले बताइन् । कोर्ष लिडर देवानले स्काउटले बालबालिका तथा युवाहरुलाई राष्ट्रिय भावनाको विकास, एकताको भावना, स्वयंसेवी भावनाको विकास गरेकाले हरेका गाउँ र नगरपालिकामा यसको तालिम दिनु पर्ने बताइन् ।

गौरीगंज गाउँपालिकाको आयोजनामा शुरु भएको स्काउट तालिममा सामुदायिक तथा निजी विद्यालयका महिला शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख टंक खरेलले बताए । उद्घाटन कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. २ का वडा अध्यक्ष किनालाल राजवंशी, स्काउट अधिकृत नवराज घिमिरे, गौरादह नगरपालिका आयुक्त बद्री अधिकारी र यादव रिमाल, विद्यालयका प्रअ लक्ष्मण राजवंशी, विद्यालयका स्काउट शिक्षक दिलिप यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु राम न्यौपाने, कुसुम राईलगायतका सहभागिता थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ५६ बजे