१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षक संघ गौरीगंजको अध्यक्ष पदबाट राजीनामा



गौरीगंज २२, फागुन / नेपाल शिक्षक महासंघ गौरीगंजको नेतृत्व चयन विषयलाई लिएर शिक्षक संघ भित्र केही दिनदेखि चलिरहेको विवादबीच शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल प्रसाद ताजपुरियाले पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यव्यस्तता, नयाँ नेतृत्वलाई अवसर र एक व्यक्ति एक पदको अवधारणालाई थप बल पुग्ने कारण खुलाई संघका अध्यक्ष ताजपुरियाले अध्यक्ष पदबाट राजीनामा दिएको जनाइएको छ । संघका उपाध्यक्षलाई सम्बोधन गरी कार्यसमितिकै वैठकमा राजीनामा पत्र दिएका हुन् । अध्यक्ष ताजपुरियाले शिक्षक संघको अध्यक्ष पदमा दिएको राजीनामाले शिक्षक संघ वृतमा हलचल मचेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३६ बजे