५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

गौरीगंजमा फागुन २० गतेदेखि दादुरा रुबेला विरुद्वको खोप अभियान सञ्चालन गर्ने (तालिका सहित)



गौरीगंज १५, फागुन / सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।
यता गौरीगंज गाउँपालिकाले पनि दादुरा विरुद्वको खोप अभियान सञ्चालन गर्न आज मंगलबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा दादुरा विरुद्वको अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । पालिकाका भित्रका विद्यालय र स्वास्थ्य केन्द्रहरुमा फागुन २० गते देखि २७ गतेसम्म सञ्चालन हुने समाुदायिक स्तरको खोप अभियानमा सहभागि भएर आ–आफ्ना बालबालिकालाई खोप लगाउन हुन पालिकाकी अध्यक्ष राजवंशीले अपिल गरेकी छन् । अध्यक्ष राजवंशीले दादुरा रोग सरुवा रोग भएका कारण बालबालिकालाई यसबाट बचाउन र गाउँपालिकालाई दादुरा मुत्त पालिका घोषणा गर्न सबैले सहयोग गर्नुपर्ने
बताए ।
स्वास्थ्य अधिकृत श्याम भण्डारीको सहजिकरणमा दादुरा विरुद्वको अभिमुखिकरण कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको हो । पालिका अन्तर्गत स्वास्थ्य शाखाले फागुन २० गते देखि गाउँपालिका भरिका नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको शाखा प्रमुख मिश्रले जानकारी गराए । छिमेकी पालिका झापा गाउँपालिका र रतुवामाई नगरपालिकामा दादुरा रुबेलाका रोगी भेटिएकोले गौरीगंज गाउँपालिकाले सजकता अपनाउनु पर्ने उनले बताए । खोप नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको कार्यक्रम मानिन्छ। खोप कार्यक्रम देशैभरी नै नियमित रुपमा सन्चालन गरिँदै आएको छ। राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनिय रुपमा योगदान पुर्‍याएको छ। यो कार्यक्रमले खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण निवारण र उन्मुलनतर्फ हासिल गरेका उपलब्धि हरुमा जापानिज इन्सेफ्लाइटिस रोगको नियन्त्रण मातृ तथा नवशिशु धनुष्टङ्कार रोगको निवारण र पोलियो रोग शून्य अवस्था कायम गरी उन्मुलन गर्नतर्फ अग्रसर भएको तथ्यलाई लिन सकिन्छ। सन २०२६ सम्ममा यी दुवै रोगहरुलाई निवारण गर्ने लक्ष्य सरकारले लिएको छ ।

गौरीगंज गाउँपालिकामा निम्न अनुसारको तालिका बमोजिम खोप अभियान सञ्चालन गरिने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ०२ बजे