१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –६ स्थित महेन्द्रनगर बस पार्कको शिलान्यास, पहिलो चरणमा बसपार्कको काउण्टर निर्माण हुने




गौरीगंज २६, माघ / गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापनको करिब ६ दशक पछि बसपार्क निर्माण प्रक्रिया शुरु भएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं। ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बस पार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजना झापाबाट टेण्डर मार्फात ४२ लाख ७० हजार २ सय ५६ रुपैयाँ वजेट विनियोन भएपछि बस पार्क निर्माण प्रक्रिया अघि बढेको हो ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज शुक्रवार उत्त भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरेकी छन् ।
करिब ८ करोड रुपैयाँको लागतमा निर्माण हुने बस पार्कको डिपिआर अनुसार पहिलो चरणमा वस पार्कको काउण्टरको भवन शिलान्यास भएको हो । योसंगै बसपार्कको शौचालय निर्माण हुने भएको छ ।
झापाको पुरानो बजार क्षेत्रको रुपमा रहेको गौरीगंज खजुरगाछी बजार वर्षौदेखि आधुनिक बसपार्कको आवश्यकता पुरा हुन सकेको थिएन । स्थानिय स्रोत साधन र प्रदेश तथा केन्द्रको बजेटवाट प्रारम्भिक कार्यमा डिपिआर बनेको थियो । २०१८ साल तिर तत्कालिन राजा महेन्द्र यहाँ भ्रमणका लागी आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको अध्यक्ष राजवंशीले बताए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले टहरा सहितको बसपार्कको निर्माणले गौरीगंजको मुहार नै फेर्ने बताए ।
गौरीगंजवाट दैनिक रुपमा काठमाडौ लगायत पूर्वका विभिन्न स्थानमा पुग्ने बस छुट्ने गरेका छन् तर व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाध्यता रहेको वडा अध्यक्ष यादवले बताए ।
स्थानिय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगंज समेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोनतति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगंज प्रदेश नं। १ कै प्रमुख नाकाको रुपमा स्थापित हुने विस्वास गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ०४ बजे