११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय वडा अध्यक्षकप तेक्वान्दो प्रतियोगिता हुदैँ




गौरीगंज २०, माघ / गौरीगंजमा पहिलो पटक जिल्ला स्तरिय अध्यक्षकप तेक्वान्दो प्रतियोगिता भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले पानसमा दियो बालेर उक्त प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ को आर्थिक सहयोग र गौरीगंज तेक्वान्दो डोजाङ्गको आयोजनामा जिल्ला भरिका १८ वटा टिमले भाग लिएका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविको प्राङ्गगणमा शुरु भएको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राजवंशीले खेल पुर्वाधार बिकास बिना सिङ्गो खेलकुदको बिकास असम्भव भएको बताउनु भएको छ । राज्यले खेलकुद क्षेत्र लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्नु भएका अध्यक्ष राजवंशीले स्थानिय सरकारको यसतर्फ ध्यान जान आबश्यक रहेकोले त्यसमा गौरीगंज गाउँपालिका सकारात्मक रहेको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष राजवंशीले गाउँपालिका तर्फबाट खेलकुदका भौतिक पुर्वाधार निर्माण र खेल गतिबिधिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्ता समेत ब्यक्त गर्नुभयो । त्यस्तै विशिष्ट अतिथी रहेका गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले मानव जिवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको बिकास र बिस्तारका लागि स्थानिय स्तरबाट लाग्नु पर्ने बताईन् । अब राज्यको मुख ताकेर नबसौ दरिलो आट र ईच्छा शक्ति लिएर समग्र खेलकुदको बिकासमा जुटौ अनि मात्र बिकासले सार्थकता पाउने छ उहाँले भन्नू भयो ।साथै उहाले अनुशासनको उच्च आदर्शलाई आत्मसाथ गर्दै खेल खेल्न खेलाडिलाई आग्रह गर्नुभयो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा सदस्य गंगा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वर्डा सदस्यहरु सुशिल राई, सर्मिला राजवंशी, मिना पासवान, झापा जिल्ला तेक्वान्दो समितिका अध्यक्ष बाबुलाल सुब्बा, झापा जिल्ला तेक्वान्दो समितिका उपाध्यक्ष होम दुवाल, झापा जिल्ला तेक्वान्दो समितिका पूर्व अध्यक्ष दिपक धिमाल, तेक्वान्दो प्रदेश समितिका सदस्य चन्द्र गौतम, प्राविधिक इन्चार्ज कर्ण दाहाल, गौरीगंज तेक्वान्दो डोजाङ्गका अध्यक्ष रुपक कुमार राईलगायतको सहभागितामा भएको प्रतियोगितामा जिल्लाका जोजाङहरुका झण्डै १ सय भन्दा बढी खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला तर्फका विभिन्न तौल समूहबीच कडा प्रतिस्पर्धा भएको छ । कार्यक्रमको सञ्चालन गौरीगंज तेक्वान्दो डोजाङ्गका संरक्षक केदार ढुंगेलका गरेको थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  २ : ४२ बजे