४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महासमिति निर्वाचन : ११ पदका लागि २१ जनाको उम्मेदवारी



दमक,२२ कार्तिक / झापा- ५ मा नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचन प्रकृया शुरु भएको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत आज खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि निर्वाचन प्रकृया शुरु भएको हो । सो कार्यक्रम सम्पन्न गर्न निर्वाचन स्थल दमकस्थित सरस्वती मावि तोकिएको छ ।
निर्वाचन सम्पन्न गर्न बब्रुवान दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उनका अनुसार निर्वाचन कार्यक्रम अन्तगर्त आज पहिलोदिन मतदाता नामावली, उम्मेदवारी मनोनयन दर्तादेखि दाबी बिरोध पेश गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्म बुधबारनै सकिने र भोलि विहान ७.३० वजेदेखि शुरु भई २ं.३० वजेसम्म मतदानको समय तोकिएको छ ।
११ पदका लागि २१ जनाको उम्मेदवारी परेको छ । जसअनुसार पाँच जना खुला सदस्यतर्फ १० , खुला २ महिलाका लागि ३ जना, दुई जना (महिला -पुरुष ) का लागि ४ जना र २ जना आदिवासी -जनजातितर्फ (महिला पुरुष ) मा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुला ५ जना सदस्यतर्फ शुरेस सुब्बा,हुकुमसिंह राई, रोहितकुमार साह, सत्यनारायण चौधरी, हेमन्त कार्की, अम्बरबहादुर बराईली, अनिलकृष्ण प्रसाई, मेदनी सिटौला र टिकाराज सापकोटाको उम्मेदवारी परेको छ । यसैगरि, दुई खुला महिलातर्फ लक्ष्मी बाह्कोटी प्रसाई, चन्द्रा खड्का भटटराई, रेगिना भटटराई, एक जना खस आर्य महिलामा मन्दरा पौडेल र तुलसा पन्त, खस आर्य पुरुषतर्फ डा. नेत्र बुढाथोकी र विक्रम अधिकारी , १ जना आदिवासी -जनजाति पुरुषतर्फ आइन्द्रविक्रम केरुङ र भूमिराज राई तथा आदिवासी -जनजाति महिलातर्फ रमा लिम्बू र फूलवती राजवंशीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।२५ जना महाधिबेशन प्रतिनिधि मध्ये चर्चामा आएपनि डा. खगेन्द्रपाण्डव अधिकारी, भूपाल कटुवालले भने उम्मेदवारी दर्ता गरेनन् ।
महासमिति चुन्न १४ औ महाधिबेशनमा निर्वाचित भएका यस क्षेत्रका ७ सय बढी क्षेत्रीय प्रतिनिधि, नगर,गाउँ सभापति, वडा सभापतिहरुले मतदान गर्ने छन् ।उम्मेदवारका आकांक्षीहरुबीच सामूहिक र अलग अलग भएका छलफलमा अधिकतम उम्मेदवारहरुबीच समझदारी नहुँदा चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : २६ बजे