१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘राज्यले जनप्रतिनिधिलाई चिन्दैन । राज्यले चिन्ने भनेको कर्मचारीलाई मात्र हो ।’ : अध्यक्ष राजवंशी



मेचीनगर, २७ भदौ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले राज्यले जनप्रतिनिधिलाई विश्वास नगरेर कर्मचारीहरुलाई मात्र विश्वास गर्ने गरेको बताएकी छन् ।आज काँकरभिट्टा स्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति/कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा अध्यक्ष राजबंशीले सो कुरा बताएकी हुन् ।
‘ पितृ सत्तात्मक राज्यमा पुरुषहरुकै हरेक कुरामा हावी छ । महिलालाई कुनै समितिको अध्यक्ष बनाउन चाहयो भने पुरुषहरुले प्राण नै गए जस्तो गरी गर्नुहुन्छ । महिलालाई कोषाध्यक्ष दिएर आफु अनुकुल पुरुषलाई अध्यक्ष बनाउने अनि कोषाध्यक्ष महिलालाई दिए पनि पैसा कता हराउछ थाहै हुदैन ।’ उनले थपिन – ‘राजनीतिक दलहरुले पनि खुल्ला मनले महिलालाई अगाडि बढाउनु पर्छ भन्ने छैन भाषणमा मात्र सिमित छ ।’ ‘ महिलाले राम्रो निति र कार्यक्रम ल्यायो भने हामी पुरुषलाई पर्छो कि भन्ने भयले त्यसको विरोध गरिहाल्ने त्यसको पछि लागि हाल्छन् अध्यक्ष राजवंशीले आफ्नो अनुभव सुनाइन् । उनका अनुसार राज्यले जनप्रतिनिधिलाई चिन्दैन । राज्यले चिन्ने भनेको कर्मचारीलाई मात्र हो ।

‘गौरीगञ्जमा १० वटा ऐन बन्यो’, राजबंशीले भनिन्–‘२७ वटा कार्यविधि बन्यो । यो सबै कर्मचारीले बनाएका हुन् । जनप्रतिनिधिले त्यसमा केहि कुरा थप्न खोज्यो भने त्यो त मिल्दैन भन्ने गर्छन् । स्थानीयको हैन, राज्यको तलव खाएको भन्छन् । उनीहरुले हाम्रो कुरा सुन्दैनन् । केहि मिल्ने विषयमा बाहेक अरुमा कुरा हुँदैन ।’

स्थानीय सरकारले बनाएको कानुन केन्द्रसँग बाझियो भनेर संघिय कानुन स्थानीयमा लाद्न खोजिएको उनको दावी छ । ‘जनतामा जनप्रतिनिधिको भरोषा र आशा हुन्छ । ऐनमा व्यवहारिक पक्ष समेट्दा कर्मचारीले मान्दैनन् । केह समस्या पर्दा जनप्रतिनिधि मलेप र अख्तियार धाउनु पर्छ । स्थानीय सरकारमा कर्मचारीको हावी छ’, उनले भनिन् ।
कतिपय संघिय कानुन र ऐनहरु एकतिर छ भने स्थानिय आवश्यकता अर्को तिर रहेको भन्दै अध्यक्ष राजवंशीले भनिन्– ‘ तीनै तहको समन्वय विना ऐन र कानुन बनाउदा व्यवहारिक र स्थानिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको हो जसका कारण संघियता कार्यान्वयमा कठिनाई भोग्नु परेको हो ।’
संघ, प्रदेश र स्थानिय तहको सम्बन्ध एक अर्कामा समन्वयकारी भुमिका रहनु पर्ने बताउदै अध्यक्ष राजवंशीले स्थानिय तहले बनाएको कानुन र ऐनलाई संघले लागु गर्नु पर्ने तर्क गरिन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ५२ बजे