४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुग्याे,धर्म संख्या १०



काठमाडौं । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो ।

कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।
सार्वजनिक गरिएकाे विवरण अनुसार झापा, माेरङ्ग र सुनसरीमा विशेष गरी बसाेवास गर्ने राजवंशी जातिकाे जनसंख्या १,३२,५६४,गन्गाई जातिकाे जनसंख्या ४१,४४६, ताजपुरिया जातिकाे जनसंख्या २०,९८९ संथाल जातिकाे जनसंख्या ५७,३१० रहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ३५ बजे