१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जसपाद्वारा गाैरीगंजमा विराेध प्रदर्शन


२३ माघ २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज २३, माघ / जनता समाज पार्टी झापाले अाज गाैरीगंजमा विराेध प्रदर्शन गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे संसद विघटनकाे असंवैधानिक कदमकाे खारेजीकाे माग गर्दै जनता समाज पार्टी झापाले विराेध प्रदर्शन गरेकाे हाे ।
दिउसाे करिब १ बजे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारबाट नारावाजी गर्दै जुलुससहित गाैरीगंज बजार परिक्रमा गरि गाैरीगंज चाैकमा काेणसभामा परिणत भएकाे थियाे ।
‘असंवैधानिक कदम खारेज गर, संसद पुनर्स्थापना गर, रेशम चाैधरीलगायत राजवन्दीहरूकाे रिहा गर, सम्पुर्ण लाेकतान्त्रिकवादीहरू एक हाै, केपी सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै जनप्रदर्शन गरेकाे थियाे ।
जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेन वाला राइले संविधान र लाेकतन्त्र रक्षाका लागि सबै लाेकतन्त्रवादीहरूले केपी अाेलीकाे संसद विघटनकाे असंवैधानिक कदमकाे विराेध गर्नु पर्ने धारणा राखेका थिए । ‘केपी शर्मा अाेलीलाई दुई तिहाईकाे मत दिएर ५ वर्षका फागि जनताले जिताएका थिए । तर ओलीले जनताकाे मतकाे कदर नगरी संवैधानमाथि नै कु गरेर देश र जनतालाई अन्कारतिर धकेलेकाे जिल्ला अध्यक्ष राईले जिकिर गरे ।


जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यनारायण गणेशले केपी ओली आफ्नाे व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेकाे भन्दै त्यसलाई विफल बनाउन सबै नेपाली जनता त्यसकाे प्रतिकार गर्नु पर्ने बताए । उनले अादिवासी जनजाती, पिछडा वर्ग, मधेशी मुस्लिमकाे अधिकारहरू याे संविधानले सुरक्षित गरेकाे हुनाले संविधानलाई रक्षा गर्न आवश्यक रहेकाे बताए । विराेध सभामा केन्द्रिय सदस्यहरू शंकर राजवंशी, राधा थापा, प्रदेश कमिटि सदस्य तुलसी राजवंशीलगायतले संसद विघटनकाे विराेध गर्दै संसद पुनर्स्थापनाकाे माग गरेका थिए । जिल्ला अध्यक्षद्वय दिपेनवाला राई र  अनुतसिंंह राजवंशीकाे अध्यक्षतामा भएकाे विराेध सभाकाे सञ्चालन जिल्ला सचिव देवेन्द्र किशाेर ढुंगानाले गरेका थिए ।
जनता समाजवादी पार्टी झापाद्वारा केन्द्रकाे निर्देशन अनुसार केपी ओलीकाे असंवैधानिक कदमकाे विराेधमा झापाकाे कचनकवल गाउँपालिकामा माघ २५ गते पुत्ला दहन र झापा गाउँपालिकामा माघ २८ गते राँके जुलुसकाे कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष राईले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ४० बजे