४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बन्दाेबस्ती क्षमता लेखाजाेखा तथा आपत्कालीन याेजना तर्जुमा गाेष्ठी गाैरीगंजमा, अब के गर्ने ? विषयमा छलफल



गाैरीगंज १८, बैशाख/ गाैरीगंज गाउँपालिमा बाढीकटानबाट बर्षेनी जाेखिममा रहेका परिवारकाे बन्दाेबस्तीकाे लेखाजोखा र आपत्कालीन याेजना तर्जुमा दुई दिने गाेष्ठी सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे समन्वयमा बैशाख १६ र १७ गते सम्पन्न गाेष्ठीमा गाैरीगंज गाउँपालिकाकाे समग्र बाढीबाट हुने क्षति, पिडित परिवार र उनीहरूकाे बन्दाेवस्तीकाे विषयमा छलफल भएकाे थियाे । कार्यक्रममा पूर्व सूचना, खाद्यान्न सुरक्षा र बन्दाेवस्तीकाे ७ दिने, ३ दिने र १ दिने कार्य याेजनाकाे वियषमा गहन छलफल भई समुहगतरूपमा विवरणहरू प्रस्तुत गरिएकाे थियाे ।
गाेष्ठीकाे सहजीकरण विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि नितेश श्रेष्ठ, नेपाल रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकाल, नेपाल रेडक्रस साेसाईटी झापाका उपमन्त्री प्रकाश चन्द्र खरेललगायतले गरेका थिए ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि नितेश श्रेष्ठ, विपत्त विज्ञ लक्ष्मी चाैधरी, नेपाल रेडक्रस साेसाईटी झापाका उपमन्त्री प्रकाश चन्द्र खरेल, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं ३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं.६ का वडा अध्यक्ष बद्री नारायण यादव, वार्ड नं.४ का वडा अध्यक्ष फेका गिरी, पुर्व वडा अध्यक्ष तथा वाणिज्य संघ अध्यक्ष मखना महताे, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, राधा अधिकारी, रिता तामाङ्गलगायतले बाेलेका थिए ।
आफ्नाे समुहकाे प्रतिनिधित्व गर्दै पुर्व वडा सदस्य मुकेश कुमार साह, नेपाल रेडक्रस साेसाइटी गाैरीगंजका सभापति यादव रिजाल र पशु सेवा प्राविधिक घनिन्द्र भण्डारीले समुहगतरूपमा तयार पारिएकाे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन रेडक्रस साेसाईटी गाैरीगंजका कार्यालय सचिव उज्जवल खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ५१ बजे