२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

खजुरगाछी बजार व्यवस्थापन समितिद्वारा राष्ट्रिय झण्डा फहराईयाे, महेन्द्र चाैकमा साझ दिपप्रज्जवलन




गाैरीगंज ७, फागुन / महाशिवरात्री तथा प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा फराउने तथा दिपप्रज्जवलन कार्यक्रम गरेकाे छ । खजुरगाछीकाे भित्री बजार र हुलाकी सडक अन्तरर्गत महेन्द्र चाैकमा खजुरगाछी बजार व्यवस्थापन समिति गाैरीगंजले आज आईतवार एक कार्यक्रमकाे आयाेजना गरि राष्ट्रिय झण्डा फराएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि फुलवती राजवंशीले राष्ट्रिय झण्ड्त्ताेलन गरेर झण्डा फराएकी हुन् ।
गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकि विशिष्ट अतिथि पुजन न्याैपाने कुवँर, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, कार्यपालिका सदस्य राधा अधिकारी, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, पुराना व्यवसायी सानुराजा श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका अध्यक्ष मनाेज कुमार चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत समितिका सदस्य उमेश मल्लिकले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी आत्माराम राजवंशीले गरेका थिए ।

त्यस्तै समितिले बजारलाई सफा, हराभरा र बढ्दाे चाेरी पैठारीलाई निराकरण गर्न पहिलाे चरणमा डस्टविन र भ्यापर लाईट जडान गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ र नेपाल वैंक लिमिटेड गाैरीगंजकाे सहकार्यमा समितिले फाेहाेर व्यवस्थापन गर्न सडक पेटीमा डस्टविन र भ्यापर लाईट जडान गरेकाे समितिका सचिव पवन दासले बताए । उनका अनुसार हुलाकी सडक र भित्री वजार क्षेत्रमा डस्टविन र बजारकाे मुख्य चाेकमा भ्यापर लाईट जडान गरिएकाे छ । समितिकाे पदाधिकारीमा अध्यक्ष मनाेज कुमार चाैधरी, उपाध्यक्ष मनाेज दास, सचिवमा पवन दास, काेषाध्यक्षमा सागवती राजवंशी, सदस्यहरूमा भवना बाेहाेरा, उमेश मल्लिक, चन्द्रप्रसाद नायक, बरूण सिजापति रहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : १६ बजे