१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेसकाे क्षेत्रिय सदस्यका उम्मेद्वार अधिकारीकाे मृत्यु



गाैरीगंज १२, कार्तिक /झापाको गौरादहमा आज ( शुक्रबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । गौरादह ४ स्थित स्कुलचोन – चप्रामारी धरधरे सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो । स्व. अधिकारी नेपाली कांग्रेसकाे १४ आै महाधिवेशनमा निर्वाचन क्षेत्र नं. ५ काे क्षेत्रिय सदस्यकाे उम्मेदवारी घाेषणा गरेका थिए ।
विपरित दिशामा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर बिहान ८ बजे भएको दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको घटनास्थलमानै ज्यान गएको गौरादह ट्राफिक प्रहरीले जनाएको छ । अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका ट्राफिक प्रहरीको भनाई छ । सो दुर्घटनामा ५४१६ नम्बरको मोटरसाइकलका चालक गौरादह ५ चप्रामारीका ३० बर्षिय अनुप राजवंशी र पछाडी सवार १६ बर्षिय ललित शर्मा । घाईते भएका छन । उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : २४ बजे