११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

साेहराय पर्वकाे अवसरमा संथाल समुदायकाे गाैरीगंजमा भव्य कार्यक्रम, कसरी मनाईन्छ साेहराय पर्व ?



गाैरीगंज २३, पुस / नेपाल आदिवासी सन्थाल उत्थान संघ गाैरीगंजले संथाल समुदायकाे सबै भन्दा ठुलाे पर्व साेहराय पर्वकाे अवसरमा विविन्न सांस्कृति नृत्यसहित सम्मान कार्यक्रमकाे आयाेजना गरि भव्यरूपमा मनाएकाे छ ।
गाैरीगंज माविकाे प्राङ्गनमा शनिवार आयाेजना गरिएकाे उत्साहजनक कार्यक्रममा माेरङ्ग क्षेत्र नं.५ बाट निर्वाचित समानुपातिक सांसद साेनु मुर्मुकाे प्रमुख अतिथि थिए । सांसद मुर्मुले संथाल समुदायकाे जातिय पहिचान, अधिकार र आर्थिक उन्नतिका लागि आफु सदैव तत्पर रहने बताईन् । नेपालमा आदिवासी जनजाति समुदाय भित्र पनि संथाल समुदाय पिछडिएको जाति भएकाेले राज्यले संथाल समुदायलाई राज्यकाे मुलधारमा ल्याउन सरकारले आवश्यक पहल कदमी लिनु पर्ने आफ्नाे धारणा राखिन् । संथाल समुदायकाे भाषा, धर्म, संस्कृति, पहिरन, खानपान, रितीरिवाज याे देशकाे सम्पति र गहना भएकाेले त्यसकाे जगेर्ना गर्नु आवश्यक रहेकाे भन्दै सांसद मुर्मुले त्यस तर्फ आआफ्नाे स्थानबाट सबैले याेगदान गर्नु पर्ने बताईन् । नेपाल आदिवासी संथाल उत्थान संघ गाैरीगंजका अध्यक्ष राईसिंह हेमरमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सांसद मुर्मुले गाैरीगंज गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विभिन्न कक्षामा पहिलाे र दाेस्राे स्थान हासिल गरेका विद्यार्थीलाई कलम र कापी वितरण गरेकी थिईन् ।
उनले आफ्नै संथाली भाषामा माेजते पाउहाउ पे, लाटु हाेड बिनाउपे अर्थात राम्राे संग पढ्नु, ठुलाे मान्छे बन्नु भन्दै हाैसला दिदै गर्दा पुरस्कृत विद्यार्थी खुशीले रमाएका थिए ।
विशिष्ट अतिथि गाैरिगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले संथाल समुदायकाे उत्थानका लागि आफ्नाे सदैव साथ सहयाेग रहने बताईन् । उपाध्यक्ष कुवँरले चुनावका बेला कसैकाे भ्रम र प्रलाेभनमा नपरि राम्राे मान्छेलाई चयन गर्ने र आफ्नाे हक अधिकारका लागि एक जुट बन्नु पर्ने धारणा राखिन् ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ गाैरीगंजका अध्यक्ष गंगा प्रसाद राजवंशीले गाैरीगंज गाउँपालिका भित्रका आदिवासी जनजातिका लागि आवश्यक वजेट माग गर्दा कार्यपालिका सदस्यहरू सकारात्मक नरहेकाेमा दुःख व्यक्त गरे । गाैरीगंज गाउँपालिकाका पुर्व कार्यपालिका सदस्य जेठा मुर्मुले संथाल समुदायकाे भाषा, धर्म , संस्कृति र आर्थिक उन्नतिका लागि गाउँपालिकाले आवश्यक वजेट विनियाेजन गर्नु पर्ने धारणा राखे । पुर्व कार्यपालिका सदस्य मुर्मुले साेराई पर्वकाे अवसरमा शुभकामना दिदै आफ्नाे समुदायकाे उन्नति र प्रगतिका लागि पहिला आफैबाट शुरू गर्नु पर्ने बताए । नेपाल आदिवासी संथाल उत्थान संघका जिल्ला सचिव परमेश्वर मुर्मुले आफ्नाे जातिय पहिचानकाे संरक्षण, हक अधिकार र भाषा संस्कृतिकाे उत्थानका लागि सबैले आआफ्नाे ठाउँबाट साथ र सहयाेग गर्नु पर्ने बताए ।
कार्यक्रममा राजवंशी समाज विकास समिति गाैरीगंज अध्यक्ष गाेपाल प्रसाद राजवंशी, नेवा दय देबु गाैरीगंजका अध्यक्ष दुर्लभमान श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।
महिला अगुवा तिला मुर्मुले स्वागत गरेकाे कार्यक्रममा संघका सचिव जगन मुर्मुले कार्यक्रम सञ्चालन गरेका थिए ।

कसरी मनाईन्छ साेहराय पर्व ?

यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम छ । गाउँका गल्ली, सडकदेखि घरहरू सिंगारिएका छन् । के युवा के वृद्ध, सबै सोहरायको रङमा रंगिएका छन् ।

पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू गर्छन् ।
प्रत्येक वर्ष ९ जनवरीदेखि ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको
नेपाल आदिवासी संथाल उत्थान संघका गाैरीगंज अध्यक्ष राईसिंह हेमरमले बताए । ‘पत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’

सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।

‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ ।

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ ।

सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ । यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् ।

सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको बताइन्छ ।

सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ । यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेकाे पुर्व जनप्रतिनिधि जेठा मुर्मुले बताए ।
पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन । ‘साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : १२ बजे