१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुक्काहुक्की धुमधामसंग मनाइदै


१४ कार्तिक २०७३, आइतबार  

0
Shares

कातिर्क १४, गौरीगंज / शुभ दिपावलीको अवसरमा आइतबार पूर्वी नेपालका आदिवासी समुदायले hukahuki photoसामुहिक हुक्काहुक्की खेलको आयोजना गरेर मनाइरहेका छन् । तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउ“दै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् ।
हर्Èोल्लासपूर्वक मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, कोच, ताजपुरिया, ऋÈिदेव, माझी,गन्गाई समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिकरुपमा आयोजना गरिएको हो । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेÈतः लक्ष्मीपूजाको दिन सा“झमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको झापाका पत्रकार इन्द्रसिंह राजवंशी बताउ“छन् । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा…. सोरा’ ( अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस) भन्दै आर्शिवाद माग्ने गछनर्् । खेतबाट इलुवा (एकप्रकारको घा“स) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउ“छन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतास“ग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।
सा“झपख सामुहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गछर्न । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको छ ।

राजवंशी समाज विकास समिति झापाका जिल्ला अध्यक्ष पुकार राजवंशीले हुक्का हुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको बताउ“छन् । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्का हुकी खेल परापूर्वदेखि खेल्दै आएको उनले बताए । तर समयको परिवर्तनस“गै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदि लोप हुदै गएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  १० : ११ बजे