३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिकाले ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनायाे, ७ जनालाई व्हिल चेयर वितरण



गाैरीगंज १८, आईतवार /
‘समावेशी विकासका लागि रूपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी अपांगता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको मनाइँदै छ। यसै अवसरमा गाैरीगंज गाउँपालिकाले आज आईतवार एक कार्यक्रमकाे आयाेजना गरि भव्यरूपमा मनाएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे प्रङ्गणमा भएकाे कार्यक्रममा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेर मनाएकाे हाे । गाउँपालिकाले गाैरीगंज अपाङ्ग सहयाेग समिति र साेसियल नेटवर्क फर जस्टिस एण्ड डेप्लपमेन्टकाे संयुक्त सह आयाेजनामा भएकाे कार्यक्रममा ७ जनालाई व्हिल चेयर प्रदान गरेकाे थियाे ।
गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँर, निर्वतमान उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, वडा अध्यक्ष फेका गिरी, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य राजभत्त सुनुवारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाैरीगंज गाउँपालिका भरीका ५८ जना अपाङ्गता व्यक्तिहरू व्रेल लिपी र अन्य शिक्षाबाट वञ्चित रहेकाेले उनीहरूकाे पठन- पाठन गर्ने व्यवस्था गरिदिन गाैरीगंज अपाङ्ग सहयाेग समितिका अध्यक्ष शेरमान बुढाथाेकीले बताएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ५३ बजे