९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मन्त्री गजमेरलाई सम्मान, भ्रष्टाचार नगर्ने प्रतिवद्धता


१७ माघ २०७६, शुक्रबार  

0
Shares

sambad
बिर्तामोड १७, माघ /
प्रदेश नम्वर १ कि सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले प्रदेशको नामाकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताउनुभएको छ ।
संघीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा भएको छलफलमा बोल्दै उहाँले प्रदेशको नामाकरण सम्वाद र सहमति बाटै टुङ्गो लाग्ने दावी गर्नुभयो ।
समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृहरुले राखेको धारणा र दिएको सुझावप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारको तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताउनुभयो ।
झापाका युवा नेता तथा नेतृहरुले संघीयता कार्यान्यवनमा देखिएका जटिलतालाई समयमै सम्वोधनका लागि राज्यमन्त्री गजमेर मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका गिए ।
राज्यमन्त्री गजमेरको सम्मान सहित छलफल कार्यक्रमको आयोजना संवाद समूह झापाले गरेको थियो ।
सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफू यो ठाउँमा पुग्नुमा संवाद समूहको ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सिपलाई प्रदेश सभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफू पदमा रहँदा पदीय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुभयो ।
छलफल तथा सम्मान कार्यक्रममा युवा नेता तथा महिला नेतृहरु सीपी कडरिया, सरु न्यौपाने, अधिवक्ता कविता शर्मा, गौरीमान फागो , पुष्पा लिम्बू, राधा सुब्बा, पार्वता विमली, नवीन ढुङ्गाना, सीता वस्नेत, प्रशान्त भण्डारी लगायतले सम्वन्धित विषयमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँहरुले राज्यमन्त्री गजमेरलाई वधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहालाई संवाद समूहको तर्फबाट सम्मान पत्र, खादा, मालाद्धारा सामुहिक सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : ०९ बजे