२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गाैरादहमा भतिजमाथि गाेली प्रहार गरेर काकाले गरे आत्महत्या




गौरादह १, कार्तिक / गौरादह नगरपालिका वडा नं. ८ बैराती स्कुल अगाडी एक व्यक्तिले आफैले पेस्तोल चलाएर आत्महत्या गरेका छन् । आज मंगलवार साँझ करिब ६.३० बजे अन्दाजी बर्ष ३५ काे विरेन साहले आत्महत्या गरेका हुन् ।
मृतक साहले आफ्नै घरकाे आगन बाहिर भतिज हेमराज साह माथि गोलि प्रहार गरि घर नजिककाे पैनीसंगै रहेकाे बाँस झ्याङमा पुन: आफैंलाई टाउकाेमा गोलि हानी आत्महत्या गरेको वार्ड नं. ८ का अध्यक्ष गणेश राजवंशीले बताएका छन् ।
अन्दाजी बर्ष १३ का घाइते हेमराजलाई ढाडमा गाेली लागेकाे र उनलाई थप उपचारकाे लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल लगिएकाे भएपनि उनकाे अवस्था खतरामुक्त रहेकाे उनका काका विष्णु साहले बताए ।
मृतक साह गाैरादह नगरपालिका वार्ड नं. ८ का सिताराम साहका छाेरा हुन् । उनी पुर्व शस्त्र प्रहरी हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १० : १२ बजे