५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापाका पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, २३ गते उम्मेदवारी दर्ता हुने



झापा २१, असोज / आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
असोज २३ गते आइतबार प्रदेश तथा प्रतिनिधिसभाका उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नु पर्ने भएपछि झापाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । झापा क्षेत्र नम्बर १ मा इँटाभट्टास्थित मेची नगरपालिकाको कार्यालय, २ मा अर्जुनधारा नगरपालिका, ३ मा चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय, ४ मा कनकाई नगरपालिका र ५ मा दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य निर्वाचन अधिकृतले झापा क्षेत्र नं. ३ को पनि जिम्मेवारी लिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ३५ बजे