३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रासविस गाैरीगंजद्वारा बघाहाचाैधरी महाराजथान सरसफाई



गाैरीगंज १७, असाेज / राजवंशी समाज विकास समिति गाैरीगंजकाे आयाेजनामा आज साेमवार सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं.२ स्थित ऐतिहासिक बघाहाचाैधरी महाराजथानमा सरसफाई गरिएकाे हाे । राजवंशी समाज विकास समिति वार्ड नं. २ काे सहअायाेजना र गाैरीगंज गाउँपालिका वार्ड नं.२ काे समन्वयमा सम्पन्न कार्यक्रममा स्थानिय संघ संस्थाहरूकाे सहभागी थियाे ।
बघाहाचाैधरी महाराजथानकाे आफ्नै ऐतिहासिक महत्व रहेकाेले यसकाे संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेकाे सांकेतिकरूपमा सरसफाई गर्न लागेकाे रासविसका अध्यक्ष गाेपाल प्रसाद राजवंशीले बताए । आफ्नाे गाउँ टाेलमा रहेकाे सबै ग्रामगान र महाजथान हाम्राे पहिचान, धार्मिक संस्कृति र प्रकृतिसंग जाेडिएकाेले थानहरूकाे जगेर्ना गर्नअब युवा पुस्ताकाे काँधमा आएकाे अध्यक्ष राजवंशीले बतनए । पुजा गर्ने विधि, बाउ बाजेहरूले अपनाएका माैलिक संस्कारहरू युवा पुस्ताहरूले सिक्न जरूरी रहेकाे अध्यक्ष राजवंशीले बताए । कार्यक्रममा राजवंशी समाज विकास समिति गाैरीगंजले पहिलाे पटक आयाेजना गरेकाे कार्यक्रममा गाैरीगंज गाउँपालिका वडा सदस्य २ का वडा सदस्य नेत्र बहादुर राजवंशी, पुर्व वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशी, रासविस गाैरीगंजका उपाध्यक्ष जाेसना राजवंशी, काेषाध्यक्ष मेनुका राजवंशी, विओपी काेराेवारीका ईन्चार्ज पुर्ण राजवंशी, प्रहरी चाैकी काेराेवारीका ईन्चार्ज, बघाहा चाैधरी वजार व्यवस्थापन समितिका पदाधिकारी, नेपाली कांग्रेस गाैरीगंज -२ का सभापति चन्द्रमाेहन राजवंशी, महिला नेत्री ज्ञानु राजवंशी, स्थानिय युवा समाजसेवी अमरलाल ताजपुरियालगायत विभिन्न संघसंस्थाहरूकाे सहभागीता थियाे । राजवंशी समाज विकास समिति गाैरीगंज गाउँपालिका वार्ड नं.२ का अध्यक्ष दिलिप राजवंशी ( एलेक्स) काे अध्यक्षतामा भएकाे सरसफाई कार्यक्रममा सञ्चालन राजवंशी समाज समिति गाैरीगंज गाउँपालिका वार्ड नं.६ का अध्यक्ष तथा पत्रकार आत्माराम राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ५२ बजे