१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नेेेपाल मुस्लिम नागरिक समाज गाैरीगंजकाे दाेस्राे साधारणसभा हुँदै



गाैरीगंज२५, भदाै / नेपाल मुस्लिम नागरिक समाज गाैरीगंजकाे दाेस्राे साधारण सभाकाे खुल्ला सत्र कार्यक्रम सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवंरकाे प्रमुख आतिथ्यता र नेपाल मुस्लिम नागरिक समाजका अध्यक्ष माे. नसिराेदिनकाे अध्यक्षतामा खुल्ला सत्रकाे कार्यक्रम आज शनिवार सम्पन्न भएकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिरा टाेल स्थित मदरसाकाे प्रङ्गणमा भएकाे कार्यक्रममा समाजका जिल्ला अध्यक्ष माे. सफिउल्ला अनसारी, नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधी अनिलकृष्ण प्रसाईं, नेपाली कांग्रेस क्षेत्र नं.५ ‘क’ प्रदेशका उपसभापति आत्माराम राजवंशी, वार्ड नं ६ का अध्यक्ष बद्री नारायण यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं.६ का वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरू नितेश साह, माे. आसामुदिन मियाँ, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रतिनिधि नसिम अनसारी लगायतकाे उपस्थिति थियाे ।
अध्यक्ष नसिराेधिन मियाँले प्रगति विवरण माैखिक रूपमा सुनाएका थिए भने समाजका सहसचिव फारूक मियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुकाे साथै कार्यक्रमकाे स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन नजिराेदिन मियाँले गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  १२ : ४२ बजे