१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि तालिम


६ आश्विन २०७६, सोमबार  

0
Shares

traffic

गौरीगंज ६, असोज / ट्राफिक प्रहरी गौरीगंजले माध्यमिक तथा क्याम्पस तहका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि एकदिने सचेतना अभिमुखिकरण तालिम दिएको छ ।
गौरीगंज गाउ“पालिका वार्ड नं. ३ को आर्थिक सहयोगमा गौरीगंज बहुमुखी क्याम्पसका विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि तालिम दिएको हो ।
गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी गौरादहका इन्चार्ज नारायण भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा ट्राफिक चिन्ह , सडक बत्ती सम्बन्धी, पुटपाथमा हिड्दिा अपनाउनु पर्ने सावधानी, ट्राफिक वत्ती, दुर्घटना सम्बन्धि, सवारी वत्ती, यातायात कार्यालयमा तिर्नुपर्ने दस्तुर तथा जरिवाना, जरिवाना तथा सजाय बारे जानकारी नंबर प्लेट सम्बन्धि जानकारी, ओभरटेक गर्दा ध्यान दिनु पर्ने कुराहरु, प्राथमिक उपचारलगायत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा वार्ड नं. ३ का अध्यक्ष मखना महतो, गौरीगंज क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, पुर्व क्याम्पस प्रमुख केदार रिमाल, विष्णु न्यापाने, उमानाथ भण्डारी, केदार ढुंगेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश प्रसाद भट्टराई गौरीगंज ट्राफिक इन्चार्ज भोजराज चौलागाईलगायतको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता स्ववियु सभापति देव कुमार ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : १८ बजे