२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

शहरी विकास मन्त्री चाैधरीसंग विभिन्न याेजनाहरूकाे माग, गापा अध्यक्ष फूलवती राजवंशीले मागपत्र बुझायाे ।



गाैरीगंज ११, साउन /   शहरी बिकास मन्त्री मेटमणी चौधरीसंग गाैरीगंज गाउँपालिका अन्तर्गतका विभिन्न याेजनाहरूका लागि वजेट विनियाेजन गर्न माग गरिएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज शुक्रवार दमकमा भेटघाटका क्रममा उत्त विकास याेजनाहरूका लागि मन्त्री चाैधरीसंग वजेट माग गरेकी हुन् ।
उनले गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे महाभरा कुञ्जिवारी कृषिबजार, गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे खजुरगाछी कृषि बजार र खजुरगाछी बस पार्क निर्माणका लागि वजेट माग गरेकी हन् । उत्त याेजनाहरूकाे लागत ईस्टमेट, गाउँसभाबाट पारित भएकाे निर्णय सहित मन्त्री चाैधरीलाई माग पत्र बुझाएका हुन् । कार्यक्रममा गाैरादह नगरपालिकाका पुर्व मेयर तथा कांग्रेसका नेता राेहित कुमार साह, कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईं, माअाेवादी केन्द्रका नेता गगन पुरीलगायत एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ५१ बजे