३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेपाली कांग्रेस गाैरीगंजद्वारा वृक्षारोपण तथा विचार गाेष्टी



गाैरीगंज ६,साउन /   नेपालका प्रथम जन निर्वाचित  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवसकाे अवसरमा विचार गाेष्टी तथा वृक्षारोपण गरिएकाे छ ।

पार्टीका प्रदेश नं. १ कार्य समिति सदस्य प्रकाश कार्कीकाे प्रमुख अातिथ्यतामा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे गाैरीगंज प्राविमा वृक्षारोपण गरिएकाे हाे ।
आज शुक्रबार नेपाली कांग्रेस गाउँ समिति गाैरीगंजकाे आयोजनामा भएकाे विचार गाेष्टी तथा वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, जिल्ला सदस्य हेमा आचार्यलगायतले बाेलेका थिए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले विपीकाे जिवनी र प्रजातान्त्रिक समाजवाद स्थापना गर्न विपीकाे याेगदानबारे चर्चा गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईले विपीले देखाएकाे बाटाे र मुलुकलाई राजनीतिक नेतृत्व दिएकाे स्मरण गराए ।
उनले राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका जननेता विपी काेईराला निरन्तर ८ वर्ष जेलमै बिताएकाे बताए ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक ब्यक्तित्वका रुपमा समेत परिचित रहेकाे कांग्रेस नेता प्रसाईले बताए ।

बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको नेता प्रसाईले चर्चा गरे ।
सो अवसरमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी बार्हकाेटी, नपाली कांग्रेस झापा क्षेत्र नं. ५ क उपसभापति आत्माराम राजवंशी, सचिव राजु घिमिरे, नेपाली कांग्रेस झापाका पुर्व जिल्ला सदस्य मखना महताे, गाउँ कार्य समितिका सचिवद्वय हरिलाल यादव र गाेपाल प्रसाद ताजपुरिया, कार्य समिति पदाधिकारीहरू, वार्ड सभापति देव ताजपुरिया, सन्ताेष गन्गाई , क्षेत्रप्रतिनिधिहरू तथा क्रियाशिल सदस्यहरूलगायतकाे सहभागिता थियाे ।
नेपाली कांग्रेस गाउँ कार्यसमिति सभापति अघ्नु प्रसाद राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस झापाका पुर्व जिल्ला सदस्य मखना महताेले स्वागत मन्तव्य राखेका थिए ।

दिवसको अवसरमा कांग्रेसले झापाका सबै पालिकामा विबिध कार्यक्रम गर्ने पूर्व तयारी अन्तर्गत शुक्रबार सबै ठाउँमा विबिध कार्यक्रमहरु गरि कांग्रेसले वीपि स्मृति दिवस मनाउँदै छ । नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : १० बजे