५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंज वार्ड नं. -३ द्वारा ११ कक्षा पढ्ने विद्यार्थीलाई साईकल वितरण



गाैरीगंज २, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेकाे छ ।
गाैरीगंज बहुमुखी क्याम्पस र गाैरीगंज माविमा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण गरेकाे हाे ।
वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा साईकल वितरण कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा वार्ड सदस्य हेमा आचार्य, भवेश दास, सरिता शेर्पा, सुम्नीदेवी पासवान, गाैरीगंज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरेलगायतकाे सहभागीता थियाे ।
वार्ड नं. ३ काे सिलिङ्ग बजेट रू ५ लाख १० हजारकाे लागतमा खरिद गरिएकाे वडा सचिव गाेविन्द राजवंशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : १२ बजे