४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज – ४ काे वडा कार्यालय उद्वघाटन, जग्गादातालाई सम्मानसहित सेवा सुचारू



गाैरीगंज १, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं.४ वडा कार्यालयले साेमबारबाट आफ्नै नवनिर्मित भवनबाट सर्वसाधारणलाई सेवा दिन शुरू गरेकाे छ ।
भवन निर्माणकाे सम्पुर्ण कार्य सम्पन्न भएपछि वडा कार्यालयले भाडामा रहेकाे भवनबाट नयाँ भवनमा सेवा सुचारू गरेकाे हाे ।
नयाँ भवनमा धार्मिक विधिपुर्वक पुजाआजा गरी रिवन काटेर अध्यक्षकाे कक्ष कार्यालयमा वडा अध्यक्ष कुलप्रसाद गिरीले प्रवेश गरेका थिए ।
भाडाका घरमा प्रयाप्त कोठा नहुँदा कार्यालय सञ्चालन गर्न अप्ठरो थियो । सेवाग्राहीलाई सेवा दिनसमेत कठिन थियो । नयाँ भवन निर्माणसँगै कार्यालयको समस्या हटेको वडा अध्यक्ष गिरीले बताए ।

वडा कार्यालयकाे भवन समुद्वाटन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कार्यालयकाे समुद्वघाटन गरेका थिए । हिन्दु परम्परागत अनुसार धार्मिक मन्त्राेउच्चारण गर्दै विधिपुर्वक पुजाअाजा गरी गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले रिवन काटेर नवनिर्मित भवनमा प्रवेश गरेका थिए । अध्यक्ष श्रेष्ठद्वारा भवनमा निर्मित शिलालेख पढेर अनावरणसमेत गरिएकाे थियाे ।

निर्माण कार्य पूरा भएकाे वडा कार्यालयकाे भवनमा वडाअध्यक्ष कक्ष, १ वडा सचिव कक्ष, १ वटा प्राविधिक कक्ष र सुविधा सम्पन्न शाैचालयसहित कार्यालय प्रयोजन कक्ष रहेका छन् । नवनिर्मित एकतले भवन निर्माणका लागि स्थानिय सुरेस चन्द्रवंशी र मन्तीदेवी चन्द्रवंशीले ४ कठ्ठा जग्गा दान दिएका छन् । उनीहरूले आफ्नै घरछेउमा रहेकाे दर्ता दाखिल रहेकाे जग्गा निशुल्कमा दान दिएका हुन् । उनीहरूलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान समेत गरिएकाे थियाे ।
गाउँपालिकाकाे ६६ लाख रूपैयाँकाे लागतमा भवन निर्माण गरिएकाे भवन निर्माण वडा सचिव एजिना भट्टराईले बताईन् ।
समुद्वघाटनका अवसरमा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वडा नं. ३ का वडा अध्यक्ष मखना महताे, एमालेका सन्तलाल ताजिुरियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा अध्यक्ष कुलप्रसाद गिरीाकाे अध्यक्षतामा भएकाे कार्यालय भवनकाे समुद्वघाटन कार्यक्रमकाे स्वागत वडा सदस्य राम बहादुर राजवंशीले गरेका थिए भने वडा सदस्यहरू , बंगाे गिरी, फुलाे देवी ताजपुरिया, साेमवती ऋषिदेव, उद्योग वाणिज्य संघका सचिव श्रवण गिरी, प्रहरी चाैकी खजुरगाछीका प्रतिनिधि, सशस्त्र सिमा सुरक्षा वल गाैरीगंजका प्रतिनिधि, वडा नं. ४ कांग्रेस सभापति देवकुमार ताजपुरिया, स्थानिय समाजसेवी डमनलाल राजवंशीलगायत स्थानियहरूकाे सहभागीता थियाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव एजिना भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ०२ बजे