१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘असहाय तथा विपन्नहरुलाई सहयोग गरेर जन्मदिन मनाए’ : हुकुमसिंह राई



दमक/ नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य तथा युवा नेता हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसबर्ष पनि निरन्तरता दिएका छन ।
यस अघि आफनो जन्मदिनमा प्राकृृतिक प्रकोपमा परेका तथा अन्य असहाय तथा विपन्नहरुलाई सहयोग गरेर जन्मदिन मनाउँदै आएका राईले यस बर्षपनि त्यस किसिमका कामलाई निरन्तरता दिएका हुन । आइतबार परेको जन्मदिनको अवसरमा उनले कमल ७ स्थित सिद्धेश्वर शिवालय मन्दिरमा पुगेर धार्मिक गुरुहरुसंग आशिर्वाद लिनुका साथै त्यहाँस्थित सिद्धेश्वर गुरुकुलमा रहेका बटुक तथा गुरुहरुलाई भण्डाराको व्यवस्था गर्दै चप्पल हस्तान्तरण गरे । सो अवसरमा गुरुकुलका प्राचार्य बुद्धिप्रसाद न्यौपानेसहित स्थानीयहरुले सो कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
२०७४ को स्थानीय निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत ल्याई गोलाप्रथाबाट बाहिरिएका नेता राईले सोही वडाका मिर्गौला पीडित एक जना बिरामीलाई नगद १५ हजार रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरेका छन । करिब दुई बर्षदेखि दुवै मिर्गौलामा समस्या आई थला परेका ५० बर्षिय मनोज लकान्द्रीको परिवारलाई सो रकम हस्तान्तरण गर्दै उपचारको लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । सो लगत्तै आफना शुभेच्छुकहरुसंगै कमल ४ जोगिचौनस्थित धिमाल तथा सन्थाल समुदायको बाहुल्यता रहेको सुकुम्बासी बस्तीका २६ परिवारलाई कूल ५ सय २० केजी चामलसहित अन्य खाद्यन्न हस्तान्तरण गरेका छन । त्यहाँँस्थित स्थानीय पार्टी नेतृत्वसंग आवश्यक समन्वय गरेर उनले प्रति परिवार २० केजीका दरले चामल, नुन, खानेतेल र दालसहितको खाद्यन्नको राहत प्याकेज हस्तान्तरण गरेका हुन । त्यस अवसरमा त्यहाँ रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले जग्गाको स्वामित्व प्राप्तीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका थिए । जन्मदिनमा फजुल खर्च कटौती गर्दै परोपकार क्षेत्रका उदाहरणीय काममा लगाउँदै आएका नेता राईले यस अघि आगलागी पीडित, बाढी पीडित तथा अन्य विपन्न तथा असहायहरुको स्वास्थ्योपचार र दैनिक जिवनयापनमा सहयोग पुरयाउँदै आएका छन । निष्कर्ष न्युुजबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ५९ बजे