९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंजमा चार विघा खेतमा फलाएकाे धानमा आगलागी, जलेर सबै नष्ट



गाैरीगंज २, पुस / गाैरीगंजमा चार बिघा खेतमा फलाएकाे धानमा आगलागी भएकाे छ ।
गाैरीगंज गाउँपालिका– ६ खजुरगाछी बस्ने राजन महताेको ४ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा आज राती करिब साढे १२ बजे आगलागी भएकाे हाेे ।

धान काटेर थ्रेसरमा मार्न खलियानमा राखिएकाे धानकाे थुप्राेमा भएकाे आगलागीबाट करिब २ लाख ५० हजार भन्दा बढीकाे क्षति भएकाे स्थानिय प्रकास चन्द्र राजवंशीले बताए । धानमा कसैले अागाे लगाएकाे हुन सक्ने स्थानियकाे आशंका छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको गाैरीगंज प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गाैरीगंजबाट खटि गएकाे टाेली र गाउँले मिलेर दमकलकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक राकेश रेग्मीले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ११ बजे