काठमाडाैं २७ , मंसिर / झापा,क्षेत्र न.५ का नेपाली कांग्रेसका नेता सत्यनारायण चौधरीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनकाे नाम शेखर काेईरालाकाे टिमबाट मधेसी काेटामा परेकाे हाे ।
खुला ५ पदका पुरुष मधेशी कोटामा परेका २७ जनाको मनोनयन मध्ये काेईरालाकाे टिमबाट सत्यनारायण चौधरीकाे नाम परेको झापा जिल्ला सदस्य दिपक गर्ताैलाले जानकारी गराएका छन् ।
दमक- १ निवासी चौधरीलेे शनिबार मधेशी कोटातर्फको खुला केन्द्रीय सदस्यका लागि आफनो उम्मेदवारी दर्ता गरेका हुन् । अाज मतदान हुँदै छ ।
पार्टीमा योगदान पुरयाँउन आफूले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उल्लेख गरे । उनले भने,–‘पार्टीलाई सुढृण बनाउन तथा पार्टीमा सक्रियता पूर्वक काम गर्नका लागि मेरो उम्मेदवारी हो ।’
पार्टीको क्षेत्रीय राजनीतिमा लामोसमयदेखि सक्रियतापूर्वक काम गरिआएका उनले पार्टी संगठनमा योगदान पुरयाँउन आफनो उम्मेदवारी भएको दिएकाे बताए । पार्टी भित्र निष्ठावान, इमान्दार राजनीति छवि बनाएका चौधरीले भने, –‘पार्टी नेतृत्व चुन्ने महाधिबेशन उपयुक्त अवसर भएकाले हामी नेता,कार्यकर्ताहरुले अत्यन्त विवेकपूर्ण मतदान गर्नु पर्छ । ’
झापा ५ बाट मधेशी कोटाबाटनै लगातार महाधिबेशन प्रतिनिधि भएर पार्टीमा जिम्मेवारीका साथ काम गरिआएका उनले भने, –‘अव पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिलाउन समेत पार्टी नेतृत्व,अग्रजहरुसंग अपिल गर्दछु ।’
२७ मंसिर २०७८, सोमबार
0
Shares