१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दस कराेड भन्दा बढीका याेजना राेकिए, गाैरीगंजकाे विकासमा धक्का पुग्ने


२० बैशाख २०७७, शनिबार  

0
Shares

20200501_193651

आत्माराम राजवंशी

गाैरीगंज २० , बैशाख /

गाैरीगंजमा  चालू आर्थिक वर्षमा  सञ्चालन गरिने १० कराेड भन्दा बढीका याेजनाहरू (हुलाकी सडक बाहेक) राेकिएका छन् ।

काेराेना भाईरसका कारण सरकारले लगाईएकाे लकडाउनले ती याेजनाहरूकाे सञ्चालनमा धक्का पुगेकाे हाेे । निर्माणाधिन ती याेजनाहरू ठेक्का लिएर निर्माण कार्य अघि बढाएका ठेक्कादार कम्पनीहरूले एकाएक लकडाउन भएपछि उनीहरूसमेत मारमा परेका छन् ।

आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा  ती निर्माणाधिन याेजनाहरू ठेकेदार कम्पनीले  समयमा  सक्लान ? या सके पनि  निर्माण कार्य गुणस्तरीय हाेला  ? गम्भीर प्रश्न उब्जाएकाे छ ।
यसैबीच गाैरीगंज गाउँपालिकामा लकडाउनका कारण राेकिएका निर्माणधिन याेजनाहरू सञ्चालनमा ल्याईने भएकाे छ ।

काेराेना भाईरसकाे संक्रमणका सरकारले लगाएकाे लकडाउनले यस गाउँपालिकाकाे करिब ४७ वटा ठुला आयाेजनाहरू ( पाँचलाख भन्दा बढी) चैत्र ११ गतेदेखि राेकिएका छन् । ती ४७ वटा आयाेजनाहरूकाे जम्मा करिब ९ कराेड ६८ लाख ३६ हजार ५ सय ९८ रूपैयाँ बराबरकाे बजेट हाे ।

ठेक्कादार कम्पनीले सम्झाैता गरि निर्माणाधिन याेजनाहरू मध्ये र्पुल, कल्भर्ट, ढल, नदी नियन्त्रण, भवन, बजारका टहरा र सडक कालोपत्रे हुन् ।

प्रदेश नं. १ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले सार्वजनिक विकास निर्माण, निर्माण सामग्री आपूर्ति तथा सहजिकरण बैठकबाट महत्वपूर्ण निर्माणाधिन विकास आयाेजनाहरूलाई सञ्चालनका गर्न गराउन स्थानीय सरकारलाई अख्तियारी दिएपछि गाउँपालिकाले राेकिएका आयाेजनाहरू सञ्चालनमा ल्याएकाे हाे ।

ठेकेदार कम्पनीलाई आवश्यक पर्ने ढुंगा,गिट्टी, वालुवालगायतका निर्माण सामग्रीहरू सञ्चयकाे अवस्था र के कति मात्रामा थप आवश्यक पर्छ, साेकाे सूची तयार गरि अपुग हुने सामग्रीको लागि मात्र ठेक्का व्यवस्थापन भएकाे हकमा निश्चित सर्त र ताेकिएका दिनहरूमा मात्र स्थानिय प्रशासनकाे समन्वयमा स्थानिय तहले निर्देशन दिन सक्ने प्रदेश नं. १ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले निर्णय गरेकाे छ ।

20200502_100326

20200502_100338

लकडाउनका कारण राेकिएका याेजनाहरू सञ्चालन गर्न गाउँपालिकाले निर्माण प्रक्रियालाई केही नियम बनाएर खुकुलो बनाई चालु आवको २०७६/०७७ का योजनाहरु सञ्चालन गर्ने जनाईएकाे छ ।

सामान्य तथा नियमित गर्नुपर्ने कामका लागि ठेकेदार कम्पनीले स्थानिय तहमा रहेका कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्ने,
कामदारलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु माक्स, पन्जा, साबुन पानी, सेनीटाइजरको व्यवस्था गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जनाएका छन् ।

आयोजनामा प्रयोग हुने कामदारले सामाजिक दुरी कायम गरेर मात्र गाउँपालिकामा संचालन हुने सबै आयोजना स्थानीय प्रशासनको समन्वयमा मात्र संचालन हुने पनि निर्णय भएको छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्न सक्ने आधार भए आयोजना संचालनमा रोक लगाउने पनि बताइएको छ ।

पूल, कल्भर्ट समेतका योजना संचालन गर्दा आवश्यक पर्ने रड, सिमेन्ट ,जस्तापाता, इँटा लगायतका निर्माण सामग्री बिक्री गर्ने पसल पनि खोल्ने निर्णय भएको छ ।

नदीजन्य पदार्थ, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको ढुवानी अनुमतीका लागि निवेदन सहितको विवरण सम्बन्धित सवारी धनीले गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने छ । सवारी साधनको दर्ता किताब, सवारी चालकको चालक अनुमती पत्र आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाे सिफारिसमा जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास उपलब्ध गराउने बताइएको छ ।

नदीजन्य पदार्थ झिक्न जाने वा निर्माण सामग्री ढुवानी गर्ने गरी अनुमती प्राप्त सवारी साधनले बेलुकी ६ बजेदेखी विहान ७ बजे सम्म मात्र ढुवानी गर्न पाउने निर्णय भएको छ । निर्माण वा ढुवानी व्यवसायीले निर्माण सामग्री भण्डारण गर्न पाउने भएपछी कुनै पनि संरचना निर्माणमा ढिलाई नहुने व्यवसायी समेतले बताएका छन् ।

गाउँपालिकाकाे विभिन्न याेजनाहरू सञ्चालन गर्न सम्झाैता गरि ठेक्का लिएका कम्पनीहरू निराैला ब्रदर्स निर्माण सेवा गाैरादह, मेची कन्ट्रक्सन प्रालि विर्तामोड, समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि अनामनगर, कन्काई बबई निर्माण सेवा लखनपुर, मधुसुदन निर्माण सेवा दमक, मनास्लु कन्ट्रक्सन प्रालि इटहरी रहेका छन् ।

ठेक्का लिएका निर्माण व्यवसायीहरूले चालू अार्थिक वर्षकाे निर्माणाधिन याेजनाहरू लकडाउनका कारण निर्माण कार्य राेकिएकाे हुँदा लाखाै रूपैयाँ नाेक्सान भएकाे बताए । उनीहरूले निर्माणाधिन भएका याेजनाहरूमा निर्माण भएकाे संरचनाकाे अाधारमा मुल्यांकन गरि गाउँपालिकाले बजेट निकास गरे केही राहत मिल्ने बताए । लकडाउन भए पनि गाउँपालिकाले निर्माण व्यवसायीहरूलाई सदासयता देखाए समयमै काम सम्पन्न गर्न सकिने मधुसुधन निर्माण सेवा दमकका प्राेप्राईटर केदार थापाले बताए ।

20200502_094703

20200502_095242

20200502_094805

20200502_095210

20200502_095300

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : २९ बजे