
मखना महतो झापाको दक्षिण पश्चिम क्षेत्रमा परिचित नाम हो । राजनीतिक , व्यवसायिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका उनी गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष पनि हुन ।
नेपाली कांग्रेसमा २०४७ सालमा सदस्यता लिएर पार्टी राजनीतिमा सक्रिय बनेका मखनाले पहिलो पटक कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि १४ औं महाधिवेशनमा आफनो दाबेदारी प्रस्तुत गरेका छन । मधेसी समुहको कोटामा उनले आफू महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गर्दै उनी यतिबेला झापा क्षेत्र नं ५ का नेता कार्यकर्ताहरुसंगको भेटघाट र साक्षात्कारमा सहभागी भइरहेका छन । त्यसो त महतो कांग्रेसको राजनीतिमा हवात्तै अगाडी आएका नेता होइनन । उनले तत्कालिन गौरीगञ्ज गाविसको ५ नम्बर वडामा पार्टी सभापति , क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय समिति सदस्य हुँदै जिल्ला सदस्य सम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन ।
यो क्षेत्रमा स्थानीय चुनावमा दमक चौथो बन्यो तर हामी गौरीगञ्जको कार्यपालिका बोर्डमा अध्यक्ष नसकेपनि उपाध्यक्षसहित कूल २४ मध्ये १९ स्थानमा निर्वाचन जित्न सफल भयौं, त्यो भनेको पार्टीले पाएको सफलता हो त्यसकारण पनि गौरीगञ्जमा कांग्रेस सफल छ – मखना भन्छन । हामी कांग्रेस त्यहाँ खटेका छौं, जनतासंग जोडिएर काम गरेका छौं, निष्ठाको राजनीति गरेका छौं मेरो कुरा गर्नुहुन्छ भने त्यहाँ घण्टे एम्बुलेन्स सेवा जस्तै हो म । पार्टी संगठन र जनताको काममा रात दिन केही भनेको छैन जहाँ जतिबेला पनि परेको ठाउँमा म उभिएको छु – आफनो क्रियाशीलताबारे वडाध्यक्ष महतोले थपे । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष समेत रहेका महतो त्यस क्षेत्रको आर्थिक तथा व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भुमिका निर्वाह गर्दै आएका जनप्रतिनिधि हुन । आफनो जातीय संस्था महतो समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष समेत रहेका उनले कांग्रेस पार्टी समावेशी र आम नागरिकको प्रिय पार्टी भएको कारण झापा क्षेत्र नं ५ मा गिरेको साखलाई आउँदा दिनमा फर्काउँदै पूर्णरुपमा लाल किल्ला तोडन सफल हुने दाबी गर्छन ।








