१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका ३ जनासहित ३० जना काेराेना संक्रमण जितेर घर फर्किए


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200611_152500

गाैरीगंज २८, जेठ / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गाैरीगंज गाउँपालिकाका ३ जनासहित झापाका ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

आज डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनीहरूको पछिल्लो कोभिड १९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका मध्ये गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कञ्चिराका २  जना र वार्ड नं. ५ का १ जना  पुरूष  रहेकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।

डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् । प्रतिष्ठानको आइसोलेसनमा अब ३२ जना संक्रमित उपचाररत छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ४२ बजे