५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

होकलवाडी टप्पुका ८५ परिवार २४ घण्टादेखि उद्धारको पखाईमा



गाैरीगंज ३ , कार्तिक / गौरीगञ्ज गाउँपालिका–१ को होकलबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ ।
केही दिनदेखि लगातार वर्षाका कारण बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताएका छन् ।
बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ । बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उहाँले जानकारी दिएका छन् । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु¥याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् । “चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन”, अध्यक्ष श्रेष्ठले भने , “अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरुको उद्धार गर्न पहल गर्नेछौँ ।” अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : १९ बजे