४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -३ द्वारा अति विपन्न परिवारलाई घर-घरमै राहत पुर्याईने



गौरीगंज ६, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रत्यक्षरुपमा मारमा परेका वडा भित्रका १५० जना अति विपन्न परिवारलाई सदस्य संख्या हेरेर खाद्यान्न वितरण गर्न लागेको हो ।

वार्ड नं. ३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा उद्योग वाणिज्य संघका प्रतिनिधिसहति बसेको सर्वदलयीय वैठकले राहत पाउने अति विपन्न परिवारको नामावली संकलन गर्न सर्वदलिय समिति समेत गठन गरेको छ ।वार्ड अध्यक्ष महतोको संयोजकत्वमा गठन गरिएको समितिमा गंगा राजवंशी, श्रवण गिरी, यादव रिजाल, निलहरी काफ्ले, राजेन्द्र कार्कीलगायत छन् । उनीहरुले भोलीसम्म राहत पाउने विपन्न परिवारहरुको नाम संकलन गरी सोही अनुसार घर घरमै खाद्यान्न पुर्याउने वार्ड अध्यक्ष महतोले जानकारी गराएका छन् । वैठकमा तेरो र मेरो मान्छे नभनी निष्पक्षरुपमा वास्तविक विपन्न परिवारको नामावली ल्याउनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

चार जान सम्मको विपन्न परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ केजी तेल, ६ जनासम्मको परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २लि. तेल, र ८ जना सम्मको परिवारलाई २० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ लि. तेल वितरण गरिने छ । वैडकमा वडा सदस्यहरु हेमा आर्चाय, भवेश दास, सुम्नीदेवी पासवान र वडा सचिव अजय साहलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : ४७ बजे