४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सानाे प्रयास र ह्याप्पी नेपाल संस्थाद्वारा दमकका सरकारी कार्यालयहरूमा सेनिटाईजर स्प्रे



दमक १४, ,बैशाख /
सेवाग्राहीहरुको धेरै भिडभाड हुने दमकको दुई सरकारी कार्यालयमा कोरोनो भाइरस रोकथाम नियन्त्रणका लागि सेनिटाईजर स्प्रे गरिएको छ ।

सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले आज बिहान इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाईजर स्प्रे गरेको हो ।
युवा समाज र हेप्पी नेपालको टोलीले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना कोभिड १९ को संक्रमण नहोस भनेर सेनिटाइजर स्प्रे गरेको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
प्रशासन कार्यालयको नागरिकता फाँट,राहदानी फाँट,प्रहरी कार्यालय दमकको प्रहरी हिरासत, प्रहरी ब्यारेक,सोधपुछ कक्ष,मुद्दा फाँट लगायतको ठाउँमा सेनिटाइजर स्प्रे गरिएको ह्याप्पी नेपालले जनाएको छ ।
त्यसैगरि आज बिहान नै दमक बजारका बिभिन्न ठाउँमा उधोग बाणिज्य संघ दमकले सर्वसाधारणहरुलाई सर्जिकल माक्स बितरण गरिएको बताइएको छ । त्यसैगरी दमकको पूर्व बस स्टेण्ड परिसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ दमकले सवारी चालक ,यात्रुहरु र सर्बसाधारणलाई सर्जिकल माक्स वितरण गरिएको मजदुर नेता रन्जित यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ५२ बजे