४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य मन्त्रालयकाे चेतावनी


१२ बैशाख २०७८, आइतबार  

0
Shares

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेकाे मन्त्रालयले जनाएको छ ।

छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ३५ बजे