१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रयाेगात्मक तथा अन्तर्वार्ता परिक्षा स्थगित, परिक्षामा सामेल भएका उम्मेदवारले दिए निवेदन



गाैरीगंज २५, पुस / गाैरीगंज गाउँपालिकाले खुलाएकाे कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणक परिक्षाकाे आज लिएकाे अन्तर्वार्ता र प्रयाेगात्मक परिक्षाकाे नतिजा प्रकाशन स्थगित गरेकाे छ ।
परिक्षामा सामेल भएका उम्मेदवारले गाैरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकाेले परिक्षा रद्द गरी स्थगित गर्नु पर्ने निवेदन दिएपछि परिक्षा समितिले स्थगित गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष र सम्वन्धित व्यक्तिकाे मिलेमताेमा प्रयाेगात्मक र अन्तर्वार्ता लिने कार्य भएकाेले परिक्षा स्थगित गर्नु भनी निवेदनमा उल्लेख छ ।
गाउँपालिकाले कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणककाे हिजाे ४८ जनाकाे लिखित परिक्षाकाे नतिजा प्रकाशन गरेकाे थियाे भने सुवरिवेक्षक सहायक पाचाैं तहकाे लिखित परिक्षामा ४ जनाकाे नतिजा प्रकाशन गरेकाे थियाे ।
परिक्षामा सामेल भएका एक उम्मेदवारले भने – ‘ गाउँपालिकाले लाेकसेवा परिक्षाकाे मापदण्डमा परिक्षा हुन्छ भनेकाे थियाे तर सरहरूले त अन्तर्वार्तामा हामीलाई नाम र घरकाे ठेगाना मात्र साेधेर जान भने ।’

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : ४० बजे