४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन


१६ चैत्र २०७७, सोमबार  

0
Shares

काठमाडौँ १६, चैत / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ । 

भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो । सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न सोमबार सूचना जारी गरेको छ ।

मन्त्रालयले आइसोलेसन सेन्टरमा राखेबापतको प्रतिदिन प्रतिबिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ०४ बजे