१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

पत्रकार नेपाललाई पितृशाेक


११ चैत्र २०७७, बुधबार  

0
Shares

गाैरादह ११, चैत / नेपाल पत्रकार महासंघ झापाका साधारण सदस्य तथा पर्दाफास अनलाईन न्युज पाेर्टलका सम्पादक सान नेपाललाई पितृशाेक परेकाे छ ।

गाैरादह नगरपालिका वार्ड नं. १ सनराईज टाेलमा बसाेबाँस गर्दै आउनु भएका पत्रकार नेपालका बुवा ज्याेतिषार्चाय पण्डित गेहनाथ नेपालकाे ९१ बर्षकाे उमेरमा बुधबार निधन भएपछि उहाँलाई पितृसाेक परेकाे हाे।
मृतक गहेनाथ फाेक्साे सम्बन्धि समस्याबाट पिडित हुनुहुन्थ्यो। करिब १५ दिन अगाडि बिहान नुहाउने क्रममा बाथरुममा लड्नु भएकाे थियाे। बाथरुममा लडेपछि तिघ्रा र ढाडमा समस्या देखिएपछि उपचारका लागि दमक स्थित निम्स अस्पतालमा भर्ना गरिएकाे थियाे। निम्स अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर स्थित नाेबेल अस्पताल लगिएको थियाे। नाेबेल अस्पतालमा उपचारका क्रममा बुधबार ३.४५ बजे निधन भएकाे थियाे। मृतक गेहनाथकी १ श्रीमती, ४ छाेरा र ३ छाेरी रहेका छन। पत्रकार सान नेपाल पर्दाफास डट कम मिडिया नेटवर्क प्रा.लि. का प्रकाशक सम्पादक हुनुहुन्छ।लामाे समय देखि गौरादह क्षेत्रमा पत्रकारिता गर्दै आउनु भएका नेपाल मिडिया नेपाल प्रदेश नं -१ का प्रदेश सदस्य हुनुहुन्छ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : ३० बजे