४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसकाे वनभाेजमा नेता तथा कार्यकर्ताकाे उल्लेख्य उपस्थिति


२७ पुस २०७७, सोमबार  

0
Shares

दमक २७ , पुष/ नेपाली कांग्रेस दमक नगर समितिले बर्षेनि गर्दै आएको वनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ ।

पार्टीको नगर समितिको क्यालेण्डरमै हरेक बर्ष पुष २७ मा वनभोज कार्यक्रम गरिने तोकिएअनुसार सोमबार दमक ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठान परिसरमा समसामयिक राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाका बिषयमा अन्तरक्रियासहित नाचगान गरेर वनभोज गरिएको हो ।

पार्टी केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केशबकुमार बुढाथोकीको प्रमुख उपस्थितिमा देउमान थेवे, पुर्णानन्द शर्मालगायत पार्टी नेता, कार्यकर्ता, भातृ संघ, शुभेच्छुक संघसंस्था समेतको सहभागितामा पुनर्मिलन कार्यक्रमसहित वनभोज सम्पन्न गरिएको कांग्रेस दमकका नगर सभापति रोशन विष्टले जानकारी दिए ।
वनभोज कार्यक्रममा गायिका जुनु प्रसाईंसहित बिभिन्न कलाकारहरुले आप्mनो प्रस्तुती दिएको कांग्रेस नगर सचिव तथा वनभोज आयोजक समितिका संयोजक प्रकाश प्रसाईँले बताए । कार्यक्रममा कांग्रेसका स्थानीय नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ३९ बजे