४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजका एक युवा व्यवसायीद्वारा छाेरीकाे जन्माेत्सवमा विपन्न बालबालिकालाई न्यानाे टाेपी प्रदान


२६ पुस २०७७, आइतबार  

0
Shares

गाैरीगंज २६, पुस/ गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका एक युवा व्यवसायीले अति विपन्न परिवारका बालबालिकालाई न्यानाे टाेपी प्रदान गरेकाे छ ।
गा‌ैरीगंज – ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव ढुङ्गाना र रक्षा ढुङ्गानाले आफ्नी छाेरी प्रगतिकाे जन्माेत्सवकाे अवसरमा ५० जना वालवालिकालाई न्यानाे टाेपी प्रदान गरेका हुन् । युवा समाजसेवी ढुङ्गाना दम्पतिले गाैरीगंज -६ खजुरगाछीका संथाल, मुसहर र महताे परिवारका वालवालिकालाई न्यानाे टाेपी वितरण गरेकाे हाे ।
चिसाेयाममा बालवालिकाहरू बढी प्रभावित हुने भएकाेले विपन्न परिवारल वालवालिकालाई सानाे सहयाेग गरेकाे युवा व्यवसायी ढुङ्गानाले बताए ।
विशेषगरी जन्माेत्सव मनाउँदा मैनबत्ती बाली केक काटेर ठुलाे हाेटल र महलमा खर्चिलाे नगरी छाेरी प्रगती ढुङ्गाना तेस्राे वर्ष पुरा भई चाैथाे वर्षमा प्रवेश गरेकाे अवसरमा विपन्न परिवारका बालबालिकालाई न्यानाे टाेपी प्रदान गरी व्यवसायी ढुङ्गानाले उदाहरणीय कार्य गरेका छन् ।
ढुङ्गाना दम्पति हाल चीनकाे गुन्जाओ सहरमा ८ वर्षदेखि बसाेवास गर्दै अाएका छन् । तकसुन टेक्नोलोजी हङ्कङ लि. कम्पनीका प्रमुख युवा व्यवसायी ढुङ्गानाले भारत, नेपाल, बंगालादेश र श्रीलङ्कामा आफ्नाे व्यवसाय विस्तार गरेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने जगन्नाथ ढुङ्गाना र दुर्गा देवीका छाेरा केशवले यस अघि छाेरीकाे जन्माेत्सवमा खजुरगाछी मावि कक्षा १० मा अध्ययनरत प्रथम छात्रा कृतिका श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ०४ बजे