८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गाैरीगंज-५ द्वारा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानाे कपडा वितरण


१३ माघ २०७७, मंगलबार  

0
Shares

गाैरीगंज १३, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित जनता प्राथमिक विद्यालय चिल्हारामा अध्ययनरत बालबालिकालाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले उत्त विद्यालयमा अध्ययनरत ७५ जना बालबालिकालाई अाज एक कार्यक्रमका बीच न्यानाे कपडा वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालपकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठ, वार्ड नं. ५ का वडा सदस्य तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र ताजपुरिया, शिक्षा शाखा अधिकृत केशव भट्टराई, प्रअ हेमनारायण राजवंशी, वडा सचिव अजाद अन्सारीलगायतले बालबालिकालाई न्यानाे कपडा वितरण गरेका थिए । वार्ड कार्यालयले आफ्नाे सिलिङ्ग बजेटबाट वार्ड भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानाे कपडाका लागि २ लाख ७५ हजार रूपैयाँ छुट्याएकाे छ । वार्ड सदस्य तथा न्यायिक समिति सदस्य राजेन्द्र ताजपुरियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, शिक्षा शाखा अधिकृत केशव भट्टराई, प्राविधिक लक्ष्मी प्रसाद दाहाल, वार्ड सदस्य देवनारायण सिंह गन्गाई, कैलीदेवी ऋषिदेव, प्रअ हेमनारायण राजवंशीलगायतकाे सहभागिता थियाे । वार्ड सचिव अजाद अन्सारीले सञ्चालन गरेकाे कार्यक्रममा न्यानाे कपडा पाउने भएपछि बालबालिकाहरू हर्षित देखिन्थे ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : ४३ बजे