४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह – ८ भुडिसिमल बस्ने राजवंशीकाे माेटरसाईकल दुर्घटनामा मृत्यु


१० पुस २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज १० , पुस / गाैरादह नगरपालिका वार्ड नं. ८ भुडीसिमल बस्ने अन्दाजी वर्ष ६६ काे ढावालाल राजवंशीकाे सवारी दुर्घटनामा परी मृत्यु भएकाे छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका वार्ड नं. ३ सुरङ्गा स्थित  हरिकुल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससंग ठाेकिदाँ मे ९ प ५५६६ नम्बरकाे माेटरसाईकलमा सवार राजवंशीकाेआज विहान ९.३५ बजे मृत्यु भएकाे हाे ।
उनकाे विर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
माेटरसाईकल चालक गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने वर्ष २८काे दिनेश्वर राजवंशीकाे बायाँ खुट्टा भाच्चिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
कन्काई नगरपालिका वार्ड नं. ३ बस्ने अन्दाजी बर्ष ४८ काे बस चालक तिलक बुढाथाेकीलाई र बस प्रहरीकाे नियन्त्रणमा रहेकाे जनाईएकाे छ । मृतक राजवंशीकाे शवलाई पाेस्टमार्टमका लागि भद्रपुर लाने तयारी भईरहेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

मृतक राजवंशीकाे ४ छाेरामध्ये हिलेन्द्र राजवंशी वैराती प्राविका प्रअ र छाेरा बुलेन्द्र प्रसाद राजवंशी आदर्श मावि काेराेवारीका शिक्षक हुनुहुन्छ । उनका २ छाेरी छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ५१ बजे