१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजबाट लागुऔषधसहित एक युवक पक्राउ


९ पुस २०७७, बिहिबार  

0
Shares

गाैरीगंज ९, पुस / लागुऔषधसहित एक युवक आज पक्राउ परेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने वर्ष २७ काे राेहित हुसेन पक्राउ परेका हुन् । सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजकाे टाेलीले आज विहान करिब ५ बजे उनीसंग रहेकाे १९ बाेतल काेरेक्स, नाईट्राेजन ५ पत्ता (७५ वटा ट्यावलेट), मे ४ प ६४४५ नम्बरकाे माेटरसाईकल, लागुऔषध नाप्ने सानाे मिटर र १९ हजार रूपैयाँ बरामद गरेकाे छ । उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज सतारबस्तीबाट पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । उनीसहित बरामद गरिएकाे लागुऔषध, माेटर साईकल र नगद कानुनी कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय गाैरीगंजलाई बुझाईएकाे छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : २९ बजे