४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा थप काेराेना संक्रमणबाट ३ जनाकाे मृत्युसंगै ४९ जनामा संक्रमण


७ मंसिर २०७७, आइतबार  

0
Shares

 

गाैरीगंज ७, मंसिर / झापामा पछिल्लो २४ घण्टाभित्र ३ जनाकाे मृत्युसंगै ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काेराेना संक्रमणबाट कन्काई -३ का ७३ बर्षिय १ जना पुरूष, मेचीनगर – ४५ का एक जना पुरूष र भद्रपुर – ४ का ६० बर्षिया एकजना महिलाकाे मृत्यु भएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापकाे रिपोर्टमा उल्लेख छ ।


त्यसैगरी जिल्लाभर पछिल्लाे २४ घण्टा भित्र ४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
काेराेना संक्रसंक्रमितमध्ये १६ महिला र ३३ जना पुरुष रहेका छन् ।सबैभन्दा बढी दमक नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ महिला र ८ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, भद्रपुरका ३ महिला र ६ पुरुष गरी ९ जना संक्रमित भएका छन् । कमल गाउँपालिकाका ३ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र ४ पुरुष, मेचीनगरका १ महिला र ३ पुरुष, गौरादहका २ जना पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, कनकाई र बाह्रदशीका १–१ जना पुरुष तथा गौरीगञ्जकी एक महिलामा आज संक्रमण पुष्टि भएको हो ।यो सँगै झापा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २७१ पुगेको छ । कोरोनालाई जितेर घर फर्किनेको संख्या भने २ हजार २६० रहेको छ । त्यस्तै, सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा ९१७ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : ३७ बजे