३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

समाजसेवी विद्यानन्द राजवंशीद्वारा १५ लाख रूपैयाँ बराबरकाे जग्गा निःशुल्कमा सामुदायिक भवनलाई दिए दान


२० आश्विन २०७७, मंगलबार  

0
Shares

 

जग्गादाता विद्यानन्द राजवंशी 

 गाैरीगंज  २०, असाेज /
महाभारतमा यक्षले युधिस्ठिरलाई एउटा प्रश्न गरेका थिए,  ‘श्रेष्ठ दान कुन हो ?’ । जवाफमा युधिष्ठिरले भने ‘जुन दान असल पात्रलाई दिइन्छ । जसले प्राप्त दानलाई असल कार्यमा लगाउन सक्छ, त्यो नै श्रेष्ठ दान हो’ । किनकी त्यही दानले मात्र पूण्य फल प्रदान गर्छ । शास्त्रमा उल्लेख गरिए अनुसार त्यही दान ठूलो हो, जुन निश्चल मनले दिइन्छ ।

दानले मात्र पूण्य कमाउन सकिने र आफ्नाे क्षेत्रकाे विकास पनि हुने ठानेर गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभाराका एक युवा समाजसेवीले सामुदायिक भवन निर्माणका लागि ३ कठ्ठा जग्गा नि:शुल्क दान गरेका छन् । जुन जग्गाकाे अहिलेकाे मुल्यमा करिब १५ लाख रूपैयाँ पर्दछ ।
बाैद्विक, राजनीतिक व्यक्तित्व तथा समाजसेवी विद्यानन्द राजवंशीले निश्चल मनले करिव १५ लाख रूपैयाँ बरावरकाे ३ कठ्ठा जग्गा गाैरीगंज गापा वार्ड नं. १ माेठगाउँमा नि:शुल्कमा जग्गा दान दिएका हुन् ।

पुर्वाधार विकास निर्माणकाे दृष्टिकाेणबाट पछि परेकाे याे क्षेत्रमा सामुदायिक भवन निर्माणले यस क्षेत्रकाे विकास निर्माणमा थप बल पुग्ने साेचेर जग्गा दान दिएकाे जग्गादाता राजवंशीले बताए ।
गत आर्थिक वर्षमा स्थानिय क्षेत्र पुर्वाधार विकास सांसद काेषबाट २० लाख रूपैयाँमा सामुदायिक भवन निर्माणकाे पहिलाे चरण सम्पन्न भईसकेकाे छ । सामुदायिक भवन निर्माणकाे बाँकी कार्य गर्न थप बजेटकाे माग गरिने नेकपाका जिल्ला सदस्यमसेत रहेका राजवंशीले जानकारी गराएका छन् ।

 निर्माणाधिन सामुदायिक भवन

नेकपा जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिका नेकपा अध्यक्ष राजवंशी प्रखर वत्ताकाे रूपमा राजनितिक वृतमा  परिचित छन् । सम्पन्न स्थानिय तहकाे निर्वाचनमा तत्कालिन माओवादी पार्टीबाट गाैरीगंज गाउँपालिकाकाे अध्यक्षका उम्मेद्वार बनेका राजवंशी राजनीतिक, आर्थिक र सामाजिक अध्ययनमा पनि दख्खल राख्छन् । सामान्य परिवारमा जन्मिएका राजवंशी सादगी जीवन जिउन रूचाउँछन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ३४ बजे